सर्बोच्चको आदेश पछि चिकित्सा शिक्षा आयोगद्धारा पीजी म्याचिङ स्थगित

काठमाडौँ, २२ चैत । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी – २०२५)का खुल्ला समूहको अनलाइन म्याचिङ प्रणालीबाट भर्नाका लागि शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौटका लागि सिट, अनलाइन प्राथमिकताक्रम निर्धारण म्याचिङ र भर्ना सम्वन्धी कार्यतालीका हाललाई स्थगित भएको जनाएको छ ।
सर्बोच्च अदालतले म्याचिङ तथा भर्नाका कार्यक्रम रोक्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि आयोगले आज सूचना जारी गर्दै १४ चैतमा प्रकाशित सूचना अनुसारको सबै कार्यक्रम स्थगित भएको जनाएको हो ।
आयोगले निजी मेडिकल कलेजहरुका लागि छुट्याइएको सिट घटाएर म्याचिङ तथा भर्ना प्रक्रिया अघि बढाएपछि पीजी अध्ययनका लागि प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका चिकित्सकहरु आन्दोलित भएका छन् ।
उनीहरुले गत बुधबार मात्रै म्याचिङ प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।
सोही रिटमा हिजो भएको सुनुवाईको क्रममा सर्बोच्चले विपक्षीको नाममा कारण देखाउ संगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्बोच्चले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुबै पक्षलाई २६ चैतका लागि बोलाएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

