फर्मासिष्टहरुको विशेषज्ञता विवरण अध्यावधिक गर्ने तयारीमा काउन्सिल

60
Shares

काठमाडौं, २१ चैत । नेपाल फार्मेसी काउन्सिलले फर्मासिष्टहरुको विशेषज्ञता (स्नाकोत्तर) सहितको विवरण अध्यावधिक गर्ने भएको छ।

काउन्सिलले सूचना जारी गर्दै परिषदमा दर्ता भएका फर्मासिष्टहरुले विशेषज्ञता (स्नाकोत्तर) तहको प्रमाण पत्र सहितको कागजात सहितको विवरण अध्यावधिक गर्न भनेको छ।

काउन्सिलले स्वास्थ्य मन्त्रालयले परिषदमा दर्ता भएको फर्मासिष्टहरुको विशेषज्ञतासहितको विवरण माग गरेको उल्लेख गर्दै काउन्सिलको वेबसाइट www.nepalpharmacycouncil.org.np क्लिक गरी  Update Specialization बिकल्प छानी आवेदन फारम सहितको विवरण भर्न भनेको छ।

विशेषज्ञता (स्नाकोत्तर) विवरण अध्यावधिक गर्न काउन्सिलले तीन महिनाको समय दिएको छ।

अध्यावधिक नगर्ने फर्मासिष्टहरुको हकमा काउन्सिलले त्यस्तो विशेषज्ञतालाइ प्रमाणित गर्न बाध्य नहुने पनि सूचनामा उल्लेख गरेको छ।

हेर्नुहोस सूचना

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *