स्वास्थ्य मन्त्री पौडेल २४ चैतमा अमेरिका जाने

काठमाडौँ, २० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आगामी २४ चैतमा संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन् ।
न्युयोर्कमा २५ चैत देखि हुन लागेको ‘कमिसन ओन पपुलेसन एण्ड डेभलोपमेन्ट( सिपिडी)’ को बैठकमा सहभागिताका लागि त्यस तर्फ जान लागेका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकबाट उनको अमेरिका भ्रमण स्विकृत भईसकेको छ ।
पाँच दिने सो बैठकमा मन्त्रीसंगै सहभागिताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या महाशाखाका कर्मचारी पनि सो कार्यक्रममा सहभागि हुन जाने बुझिएको छ ।
मन्त्री गत साता मात्रै ‘न्युट्रिसन फर ग्रोथ पेरिस सम्मेलन -२०२५’ मा भाग लिन फ्रान्सको पेरिस पुगेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



