धुलिखेलको ट्रमा सेन्टरका लागि जापानद्धारा ५७ करोड ३० लाख जापानी येन थप सहयोग

140
Shares

काठमाडौँ, १९ चैत ।  सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने थप अनुदान सहायता रकम ५७ करोड ३० लाख (जापानी येन) स्वीकार गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले सो परियोजनाका लागि जापान सरकारले थप गरेको अनुदान स्विकार गर्ने निर्णय गरेको हो ।

गत वर्ष भदौको पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले सोही परियोजनाका लागि जापान सरकारले उपलव्ध गराएको ३ अर्व २९ करोड ६० लाख जापानी येन अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको थियो ।

जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदानमा धुलिखेल नगरपालिका ६ काभ्रेमा १०० शैय्याको धुलिखेल हस्पिटल ट्रमा एण्ड इमरजेन्सी सेन्टर बन्दैछ ।

९ हजार ४२३.४८ बर्ग मिटर क्षेत्रफलमा बन्दै गरेको सो अस्प्ताल भवन तीन तला बेसमेन्ट सहित ५ तल्लाको हुनेछ ।

उक्त भवनमा भूकम्प प्रतिरोधात्मक रहनुका साथै आपतकालीन संरचना जडित हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *