राजावादीको आन्दोलनमा घाईते भएका १२८ मध्ये १३ जना अझै उपचारमा

72
Shares

काठमाडौँ, १८ चैत । गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको झड्पपछि घाइते भएका १२८ जनामध्ये १३ जना अझै उपचारमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु सबैको आकस्मिक शल्यक्रिया गरि उपचार गरिएको छ । ती मध्ये केही गोली लागेका घाइते हो भने केही गम्भीर चोटपटक लागेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको छ ।

उनले अहिले घाइतेहरुमध्ये १३ जना बाहेक सबै डिस्चार्ज भएको बताए ।

सरकारले तीनकुने घटनाका घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको थियो । सोही अनुसार निशुल्क उपचार भईरहेको पनि डा. बुढाथोकीले बताए ।

तीनकुने प्रर्दशनमा दुई जनाको ज्यान गएको छ । प्रदर्शनको रिपोर्टिङमा खटिएमा एक जना पत्रकारको आगोले जलेर मृत्यु भएको छ भने अर्का एक जनाको प्रहरीको गोली लागि मृत्यु भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *