निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

0
Shares

काठमाडौँ, २६ फागुन । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार तीन जनाको नाम सिफारिस भएको जानकारी दिएको छ ।

सिफारिसमा पर्नेहरुमा डा प्रमोदकुमार यादव, डा रुद्रप्रसाद मरासिनी र प्राडा मोहनचन्द्र रेग्मीको नाम सिफारिस गरेको हो ।
यसअघि मन्त्रालयले गत १० माघमा कार्यकारी निर्देशकका लागि विज्ञापन आव्हान गर्दै दरखास्त पेश गर्न भनेको थियो ।

मन्त्रालयले १५ दिनको समय दिएर खुलाएको आवेदनमा निर्धारित समयभित्र १० जनाले आवेदन दिएका थिए।

आवेदन दिनेहरुमा अस्पतालका हालका निर्देशक डा विधाननिधि पौडेल, डा विशेष पौडेल, डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी,  डा रोशन न्यौपाने, डा अजित खनाल, डा अनुज रायमाझी, डा विश्वराम पौडेल, डा प्रदिप यादव र डा श्रवण थापा रहेका छन्।

अस्पतालका हालका निर्देशक डा. पौडेलको कार्यकाल फागुन २५ गते (आज) बाट सकिँदै छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *