पूर्व युवराज पारसलाई हृदयघात, नर्भिकमा उपचार हुँदै
चौथो पटक हृदयघात, चार पटक नै राखियो स्टेन्ट

काठमाडौँ, १९ फागुन । पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ । उनको अहिले थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार चलिरहेको छ । उनको उपचारमा डा यादवदेव भट्टको टोली खटिएकोे छ ।
अस्पताल स्रोतका अनुसार हिजो अपरान्ह साढे चार बजे तिर शाहलाई असैह छाती दुखेको भन्दै उपचारका लागि नर्भिक पुर्याइएको थियो । आकस्मिक कक्षमा राखी जाँच पश्चात् उनको तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो । चिकित्सकले (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण गरेका थिए ।
‘हिजो नै स्टेन्ट हालिएको हो । अहिले उहाँको अवस्था स्टेवल छ,’ उपचारमा सम्लग्न एक चिकित्सकले भने ।
पूर्वयुवराज पारसलाई हृदयघात भएको यो चौथो पटक हो । उनको मुटुमा स्टेन्ट हालिएको पनि चौथो पटक भएको ती चिकित्सकले बताए ।
‘जब डिस्चार्ज हुने अवस्था आउँछ तब खतरामुक्त भन्न मिल्छ । अहिलेलाई स्थीर भनौँ । उहाँमा पटक पटक यो समस्या बल्झिरहेको कारणले पनि केही जोखिम त हुन्छ नै,’ ती चिकित्सकले थपे ।
अहिले अस्पतालमा परिवारका सदस्यहरुको उपस्थिति रहेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

