नेपाल एनसीडी एलायन्सले अबको दुई वर्ष ‘सेरो एनसीडी एयालन्स’को अगुवाई गर्ने

नसर्ने रोगको अवस्था कस्तो छ ?
140
Shares

काठमाडौँ, १९ फागुन । नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुमा रहेका संस्थाहरुको साझा संगठन ‘सेरो एनसीडी एलायन्स’को नेतृत्व अबको दुई वर्षसम्म नेपाल एनसीडी एलायन्सले गर्ने भएको छ ।

दुई साता अघि अफ्रिकी देश रुवाण्डाको राजधानी किगालीमा सम्पन्न ग्लोबल एनसीडी एलायन्सको चौथो सम्मेलनले आगामी दुई वर्ष (सन् २०२५ र २०२६) सम्म सेरो एनसीडी एलायन्सको नेतृत्वसंगै सचिवालय नेपाल एनसीडी एलायन्सले सम्हाल्ने निर्णय गरेको हो ।

त्यस अघि सेरो एनसीडी एलायन्समा रहेका देशहरु भारत बंगलादेश श्रीलंका माल्दिभ्स, म्यानमार, इन्डोनेसिया र भुटानका प्रतिनिधि सम्मिलित बैठकबाट सर्वसम्मत रुपमा नेपाल एनसीडी एलायन्सले दुई वर्ष सचिवालय सम्हाल्ने प्रस्ताव पारित भएको थियो ।

ग्लोबल एनसीडी कन्फेरेन्समा सहभागी हुन नेपाल एनसीडी एलायन्सका तर्फबाट सह अध्यक्ष शान्तलाल मुल्मीको नेतृत्वमा उपाध्यक्ष डा अभिनव वैद्य, महासचिव किशोरकुमार प्रधानाङ्ग, सदस्य डा गम्भीर श्रेष्ठ लगायतको टोली किगाली पुगेको थियो ।

महासचिव र प्रधानाङ्गका अनुसार नयाँ जिम्मेवारी पछि नेपाल एनसीडी एलायन्सले अबको दुई वर्षसम्म क्षेीय रुपमा नसर्ने रोग सम्वन्धी सम्मेलनको आयोजना गर्ने, ग्लोबल एनसीडी एलायन्सको सहयोगमा नसर्ने रोगहरु सम्वन्धि रोकथाम, नियन्त्रण तथा अनुसन्धानका क्रियाकलापहरु गर्ने छ ।

नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोग नियन्त्रणका लागि दक्षिणपूर्वी एशिया क्षेत्र हेर्ने गरी नेतृत्व गर्न पाउनु नेपालका लागि खुशीको कुरा भन्दै यसलाई प्रभावकारी रुपमा नेपालले काम अघि बढाउने बताए ।

यसअघि सेरो एनसीडी एलायन्सको सचिवालय बंगलादेश एनसीडी एलायन्सले गरेको थियो ।

किगालीमा के भयो ?


रुवाण्डाको राजधानी किगालीमा गत १२ फेब्रुअरी देखि सुरु भएको नसर्ने रोग सम्वन्धी विश्व सम्मेलनको चौथो संस्करण १५ फेब्रुअरीमा सम्पन्न भएको थियो ।

उक्त सम्मेलनमा नेपाल सहित विश्वका ७० देशबाट ७०० बढी नसर्ने रोग रोकथाम र उपचारका क्षेत्रमा कार्यरत विभिन्न संस्थाका प्रतिनिधि तथा अभियन्ताहरुको सहभागिता थियो । सम्मेलनमा नेपालका तर्फबाट आफ्ना धारणा राख्ने क्रममा महासचिव प्रधानाङ्गले बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रकोपलाई घटाउन विश्वव्यापी रुपमा कदम चाल्नु पर्ने बताए । उनले मुटु, क्यान्सर, दम, मधुमेह लगायतका धेरै नसर्ने रोगले आम जनजीवन आक्रान्त पारेको भन्दै यसबारेमा विश्वव्यापी रुपमै गम्भीर ढंगले सोच्नु पर्ने बताएका थिए ।

चार दिन सम्म संचालित उक्त सम्मेलनमा विभिन्न औपचारिक र अनौपचारिक छलफलहरु,प्लेनरी सत्रहरु र विचारोत्वेजक छलफलहरुवाट नयां रणनीति निर्माण,सम्बन्ध विस्तार,सहकार्यका अवसरहरु, नागरिक समाजलाई नेतृत्व प्रदान गर्न द कल टु लिड र किगाली युवा घोषणा पनि सार्वजनिक गरियो ।

उक्त सम्मेलन ग्लोबल एनसीडी एलायन्स र रुवाण्डा एनसीडी एलायन्सको संयुक्त आयोजनामा भएको थियो ।  सम्मेलनलाई रुवाण्डाको स्वास्थ्य मन्त्रालय र रुवाण्डा बायोमेडिकल सेन्टरले सहयोग रहेको थियो ।

नसर्ने रोगको अवस्था कस्तो छ ?

विश्वमा प्रत्येक दुई सेकण्डमा ७० वर्ष मुनिको एक जना व्यक्तिको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको छ । यस्तै नसर्ने रोगबाट हुने अकाल मृत्युमध्ये ८६ प्रतिशत न्युन मध्यम आय भएका देशहरुमा हुने गरेको छ । सामाजिक आर्थिक र बातवरणीय कारकहरुले गर्दा उच्च आय भएका देशहरुको तुलनामा न्युन तथा मध्यम आय भएका देशहरुमा जोखिम बढी हुने गरेको हो ।

नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन साउथ इष्ट एशिया रिजनल एनसीडी एलायन्स (सेरो एनसीडी एलायन्स) मा नेपाल एनसीडी एलायन्स, बंगलादेश नन् कम्युनिकेवल डिजिज फोरम, बंगलादेश नेटवर्क फर एनसीडी कन्ट्रोल एण्ड प्रिभेन्सन, हेल्दी इन्डिया एलायन्स, एनसीडीए इन्डोनेसिया र एनसीडी मलेसिया सदस्य रहेका छन् ।

यस्तै मालदिभ्स एनसीडी एलायन्स, म्यानमार एनसीडी एलायन्स, एनसीडीए लंका र थाइ एनसीडी एलायन्स पनि सदस्य रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *