आईओएमको रिक्त सहायक डीन पदका लागि आवेदन दिएका पाँच जना चिकित्सकलाई अन्तर्वार्तामा बोलाइयो

1.0k
Shares

काठमाडौँ, १६ फागुन । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को सहायक डीन छनौट समितिले सो पदका लागि आवेदन दिएका मध्ये पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

समितिले आईओएममा रिक्त रहेको सहायक डीन (एक) पदका लागि पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

त्यसरी अन्तर्वार्तामा बोलाइएकाहरुमा सहप्राडा खेमबहादुर कार्की, प्राडा पलेश्वाँ जोशी लाखे, सह प्राडा पवनराज चालिसे, सह प्राडा विष्णुप्रसाद चौलागाईँ, र सह प्राडा सन्तकुमार दास रहेका छन् ।

समितिले पाँचै जनालाई आगामी २० फागुनका दिन विहान ९ बजे देखि अन्तर्वार्तामा बोलाएको छ ।

हरेकलाई अन्तर्वार्ताको समय १५ मिनेट तोकिएको समेत सूचनामा उल्लेख छ । अन्तर्वार्ता डीन कार्यालय मोहेगो भवनको पहिलो तल्लामा हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *