चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा गुरु खनालद्धारा राजिनामा

284
Shares

काठमाडौँ, २९ माघ । चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा डा गुरुप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनले घराएसी कारण भन्दै २० माघ देखि लागू हुने गरी गत १८ माघ नै राजिनामा दिएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कार्यकारी उपकुलपतिसमेत रहेका प्राडा खनाल राजीनामापछि पुनः बीपीमा नै फर्किएका छन् ।

नेपाल सरकारले प्रतिस्पर्धाका आधारमा १० असारमा प्राडा खनालसहित, प्राडा सुजनबाबु मरहठ्ठा, प्राडा सुदीप आचार्य र प्राडा सरला श्रेष्ठलाई आयोगका निर्देशकहरुमा नियुक्त गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *