‘नेत्र ज्योति सम्मान पुरस्कार’ अतुल मिश्र लाई

1.1k
Shares

काठमाडौँ । वरिष्ठ पत्रकार एवं नेपालहेल्थप्रेस डटकमका प्रधान सम्पादक अतुल मिश्रले ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्राप्त गरेका छन् ।

आँखा सम्बन्धी स्वास्थ्य प्रदायक संस्था नेपाल ‘नेत्र ज्योति संघ’ले पहिलो पटक पत्रकारिताको माध्यमले आँखा स्वास्थ्य जन चेतना अभिवृद्धिमा उत्कृष्ट योगदान गरेको भन्दै मिश्र लाई नगद सहित ‘नेत्र ज्योति सम्मान पुरस्कार’ प्रदान गरेको हो ।

शुक्रबार सम्पन्न संघको केन्द्रीय सभाको २९ औ अधिवेशनका अनवसरमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दोसल्ला ओढाउँदै सम्मान पत्र प्रदान गरेका हुन ।

कान्तिपुर राष्ट्रिय दैनिकमा १६ वर्ष ‘चीफ सब एडिटर’, गरि जम्मा २७ वर्ष काम गरेका मिश्र विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष दखल राख्छन् ।

तीन दशक देखि पत्रकारिता गरी रहेका मिश्र पछिल्लो सात महिना देखि नेपालहेल्थप्रेस डटकम मा ‘एडिटर इन चिफ’, को रूपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *