रुगीन स्वास्थ्य चौकीमा आगलागी, भवन औषधि तथा उपकरण नष्ट

168
Shares

बाजुरा, २३ मंसिर । बाजुराको हिमाली गाउँपालिका–५ स्थित रुगीन स्वास्थ्य चौकीमा आगलागी भएको छ। आइतबार दिउँसो भएको आगलागीबाट स्वास्थ्य चौकीको १० कोठे भवनसहित त्यहाँ रहेका स्वास्थ्य उपकरण, औषधिलगायत सम्पूर्ण सामग्री नष्ट भएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए।

निकै विकट स्थानमा पर्ने रुगीन स्वास्थ्य चौकी बाजुराकै पुरानो स्वास्थ्य संस्था मध्येको एक हो ।

‘बर्थिङ सेन्टर सहितको सेवा दिएको सो स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन, औषधि, ल्याबलगायतका थुप्रै स्वास्थ्य उपकरण थिए,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारी भन्छन्, ‘सबै जलेर नष्ट भएको खबर छ । दुर्गम गाउँमा ठूलो क्षति पुगेको छ ।’

उनले स्वास्थ्य चौकीमा रहेको विद्युतीय उपकरण चलाउने बेला आगलागी भएको बुझिएको भण्डारीले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *