पाँचौँ, छैटौँ र आठौँ तहका तीन स्वास्थ्यकर्मीलाई कार्वाहीको प्रक्रिया अघि बढाउँदै बाग्मती स्वास्थ्य मन्त्रालय

3.0k
Shares

काठमाडौं, २३ मंसिर । तोकिएको स्वास्थ्य संस्थामा लगातार ६० दिन भन्दा बढी अनुपस्थित रहेपछि बागमती प्रदेश सरकारले तीन जना स्वास्थ्यकर्मीलाई कार्वाहीको प्रक्रिया अघि बढाएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै पाँचौँ, छैटौँ र आठौँ तहका तीनजना स्वास्थ्यकर्मीलाई कार्वाही प्रक्रिया अघि बढाएको हो । त्यसअघि उनीहरुलाई सफाई पेश गर्न १५ दिनको मौका दिइएको छ ।

यसरी कार्वाही प्रक्रिया अघि बढाइएकाहरुमा मेथिनकोट अस्पताल काभ्रेमा कार्यरत ल्याव टेक्निसियन ( पाँचौँ तह) सरिता पौडेल, भक्तपुर अस्पतालमा कार्यरत अस्पताल नर्सिङ निरीक्षक (छैटौँ तह) सुमित्रा त्यात र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रसुवामा सरुवा भएका आयुर्वेद चिकित्सक डा सुइरा जोशी ( आठौँ तह) रहेका छन् ।

उनीहरुलाई साठी दिन भन्दा लगातार अनुपस्थित भएको आरोप छ । उनीहरुविरुद्ध मन्त्रालयले विदा स्विकृति नगराईँ ६० दिन बढी अनुपस्थित रहेकोले स्वास्थ्य सेवा ऐन २०७४ को दफा ७४ (ज) बमोजिम भविस्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने भन्दै सूचना जारी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *