प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

काठमाडौँ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली बिरामी परेका छन्। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
प्रधानमन्त्री ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या देखिएको जानकारी फेसबुकमार्फत दिएका छन्।
बुवालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको र स्वास्थ्य सामान्य रहेको छ, प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्।
शनिबार दिउँसो अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आफ्ना बुवालाई भेटेका थिए।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



