डब्लुएचओद्धारा इजिप्टलाई औलोमुक्त देश घोषणा

28
Shares

जेनेभा, ५ कात्तिक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजिप्टलाई औलोमुक्त घोषणा गरेको छ । यो उपलब्धिलाई डब्ल्यूएचओले ‘साँच्चिकै ऐतिहासिक’ र रोग निर्मूल पार्न करिब एक शताब्दी लामो कामको परिणाम भनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, “औलो इजिप्टको सभ्यता जत्तिकै पुरानो हो, अब यो रोग इजिप्टको इतिहास बनेको छ। इजिप्ट औलोमुक्त रहिरहनेछ।”

उनले भने, “इजिप्टलाई औलोमुत्त को रूपमा यो प्रमाणीकरण वास्तवमै ऐतिहासिक छ, र यो प्राचीन सङ्कटबाट आफूलाई मुक्त गर्न इजिप्टका जनता र सरकारको प्रतिबद्धताको प्रमाण हो।”

विश्वका ४४ देश र एउटा क्षेत्र औलोमुक्त घोषणा भइसकेका छन् ।

एनोफिलीज लामखुट्टेको टोकाइबाट हुने औलोको संक्रमणको शृङ्खला विगत तीन वर्षदेखि देशव्यापी रूपमा अवरुद्ध भएको कुरा कुनै देशले प्रमाणित गरेपछि डब्लुएचओले प्रमाणीकरण प्रदान गर्छ।

औलोमुक्त घोषणाका लागि कुनै पनि देशले पुनः सङ्क्रमणको सम्भावना रोक्न क्षमता पनि प्रदर्शन गर्नुपर्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार औलोका कारण हरेक वर्ष छ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमध्ये ९५ प्रतिशत अफ्रिकामा छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *