स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कानून मन्त्री चौरसियालाई

3.4k
Shares

काठमाडौँ, ९ असोज । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अनुपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार चौरसियालाई स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोकेका हुन् ।

मन्त्री पौडेल इण्डोनेसियाको जाकार्तामा आयोजना हुने पाँचौँ मन्त्रीस्तरीय बैठक एवं बाह्रौँ उच्च अधिकारीहरुको बैठकमा सहभागी हुन ८ असोज (हिजो) त्यसतर्फ लागेका छन् ।

गत असार अन्तिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका पौडेलको जिम्मेवारी सम्हालेपछिको यो पहिलो विदेश भ्रमण हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *