स्वास्थ्य मन्त्री पौडेल दुई छुट्टा छुट्टै बैठकमा भाग लिन इन्डोनेसिया जाने

280
Shares


काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आगामी असोजको दोस्रो साता इन्डोनेसियाको जकार्ता प्रस्थान गर्ने भएका छन् । गत १३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री पौडेलको जकार्ता भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार गत १३ भदौको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्रीको इन्डोनेसिया  भ्रमण स्विकृत गर्ने निर्णय भएको बताए ।

मन्त्री गुरुङका अनुसार मन्त्री पौडेल आगामी ८ देखि १० असोजसम्म जकार्तामा हुने उच्चस्तरीय दुईवटा बैठकमा सहभागी हुनेछन् ।

‘जकार्तामा दुईवटा उच्चस्तरीय बैठक हुँदैछ । ८ र ९ असोजमा १२ औँ हाईलेभल अफिसियल मिटिमिटिङ हुँदैछ । स्वास्थ्य मन्त्री ज्यू सो मिटिङमा सहभागी हुनु हुनेछ । त्यसपछि १० असोजका दिन ५ औँ मिनिस्टेरियल मिटिङ पनि जकार्तामा नै हुँदैछ । सो मिटिङमा पनि उहाँले नेपाल सरकारको तर्फबाट सहभागिता जनाउनु हुनेछ । सो कार्यक्रममा सहभागी हुन जानका लागि भ्रमण स्विकृत गर्ने निर्णय भएको हो,’ मन्त्री गुरुङले भने ।

गत असार अन्तिममा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका पौडेलको जिम्मेवारी सम्हालेपछिको यो पहिलो विदेश भ्रमण हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *