देशभर हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा मात्रै १७ जना

44
Shares

काठमाडौँ, २१ साउन । गत साउन यता देशभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको सङ्ख्या २७ पुगेको हो।

सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। भक्तपुर चाँगुनारायणका एक जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । यो रोग लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन्।

हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *