स्वास्थ्य मन्त्री यादव अमेरिका जाँदै

काठमाडौँ, ५ असार । स्वास्थ्य मन्त्री प्रदीप यादव आज राती (बिहिबार सबेरै) अमेरिका प्रस्थान गर्ने भएका छन् । विश्व बैंकको आयोजनामा भोलि देखि सुरु हुने ‘इन्टरनेशनल डाइलग अन सस्टेनेवल फाइनान्सिङ्ग फर एनसीडी एण्ड मेन्टल हेल्थ’ कार्यक्रममा सहभागी हुन त्यस तर्फ जान लागेका हुन् ।

उनीसंगै नेपालबाट स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा पोमावती थापा र अर्थ मन्त्रालयका प्रतिनिधि त्यस कार्यक्रममा सहभागी हुने छन् ।

‘वासिङटन डीसी’मा जुन २० र २१ तारिखमा कार्यक्रमको आयोजना गरिएको छ । यो छलफलमा विभिन्न क्षेत्रबाट छानिएका देशबाट १५० बढीको सहभागिता हुनेछ ।

मन्त्री यादवले बिहिबार विहान सबा २ बजेको कतार एयरको उडानबाट त्यसतर्फ लाग्ने भएकोले पहिलो दिनको कार्यक्रममा भने अनुपस्थित हुनेछन् । दोस्रो दिन बैठकमा नेपालले प्रस्तुति दिने कार्यक्रम रहेको बताइएको छ ।

केही साता अघि मात्रै मन्त्री यादव विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन स्वीजरल्याण्डको जेनेभा पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *