राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशक बने डा. सर्बेश शर्मा

काठमाडौँ, २९ जेठ । गत ११ जेठ देखि नेतृत्व बिहीन भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले निर्देशक पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा सर्बेश शर्मालाई पठाएका छन् ।

डा शर्मा पछिल्लो समय वीर अस्पतालमा कार्यरत शर्मा त्यो भन्दा अघि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा निर्देशकको जिम्मेवारीमा थिए ।

मन्त्री यादवले यसअघि केन्द्रमा निर्देशक रहेका डा सञ्जय ठाकुरलाई जिम्मेवारी परिवर्तन गर्दै वीर अस्पताल पठाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *