राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशक बने डा. सर्बेश शर्मा

काठमाडौँ, २९ जेठ । गत ११ जेठ देखि नेतृत्व बिहीन भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले निर्देशक पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकमा डा सर्बेश शर्मालाई पठाएका छन् ।
डा शर्मा पछिल्लो समय वीर अस्पतालमा कार्यरत शर्मा त्यो भन्दा अघि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा निर्देशकको जिम्मेवारीमा थिए ।
मन्त्री यादवले यसअघि केन्द्रमा निर्देशक रहेका डा सञ्जय ठाकुरलाई जिम्मेवारी परिवर्तन गर्दै वीर अस्पताल पठाएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



