आर्थिक बर्ष २०८१/०८२ को बजेट :

औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्न कानूनी व्यवस्था मिलाउने

84
Shares

काठमाडौँ, १५ जेठ । सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्ने कार्यलाई अघि बढाउने भएको छ ।

अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा औषधी प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गरिने र त्यसका लागि कानूनी व्यवस्था मिलाउने समेत उल्लेख गरेका छन् ।

गाँजाको व्यवसायिक खेतीका राजनीतिक दलका नेता तथा सांसदहरुले लामो समय देखि लविङ गर्दै आएका थिए । कतिपयले भने यसको दुरुपयोग बढ्ने भन्दै विरोध गर्दै आएका थिए ।

यस पटकको बजेटमै यो विषय आएपछि सरोकारवाला पक्ष उत्साहित देखिएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *