श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

32
Shares

काठमाडौँ, ६ जेठ । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार महाशाखाले आइतबार जनाएको छ ।

असारको पहिलो हप्तादेखि देशभरका सबै विद्यालयका विद्यार्थीले पुनः एकपटक यो बीमा योजनाबाट लाभ लिन सक्ने छन् ।

अर्थ, आर्थिक स्थायित्व र राष्ट्रिय नीतिमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आएका राष्ट्रपति विक्रमासिङ्घेले शिक्षामन्त्रीसँग प्रस्तुत गरेको संयुक्त पत्रलाई सरकारले हालै स्वीकृत गरेको छ ।

सन् २०१७ मा लागू गरिएको ‘सुरक्षा’ बीमाको उद्देश्य स्वास्थ्य समस्याबाट प्रभावित विद्यार्थीहरूको लागि निरन्तर शिक्षा सुनिश्चित गर्नु र विद्यार्थी सुरक्षाको प्रत्याभूत गर्दै विद्यालयमा धेरैभन्दा धेरै बालबालिकाको उपस्थिति सुनिश्चित गर्नु रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *