चिकित्सा शिक्षा : कोभिड समयको छ महिने अनलाइन कोर्षलाई मान्यता दिने काउन्सिलको निर्णय

छ महिना बढी अनलाइन पढेका नेपाली विद्यार्थीले लाइसेन्स लिन थप प्रक्रिया पुरा गर्नु पर्ने
804
Shares

काठमाडौँ, २३ बैशाख । कोभिड समयमा अनलाइनमार्फत विदेशी मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका विषयमा नेपाल मेडिकल काउन्सिलले नयाँ निर्णय गरेको छ । काउन्सिलको गत १३ बैशाखमा बसेको पूर्ण बैठकले अनलाइन कक्षा लिएका विद्यार्थीलाई दर्ता प्रमाणपत्र (लाइसेन्स) दिने कि नदिने भन्ने विषयमा नयाँ निर्णय गरेको हो ।

काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार स्नातक (एमबीबीएस तथा बीडीएस) तहको विषयमा गत २३ डिसेम्बर २०२३ मा काउन्सिलले जारी गरेको सूचना अनुसार नै ६ महिना अनलाइन कोर्षलाई मान्यता दिने निर्णय भएको छ ।

तर, उक्त अवधी भन्दा बढी कोभिड अवधीभर अनलाइन कक्षा लिई कोर्ष सम्पन्न गरेर सम्वन्धीत कलेजबाट प्रमाणपत्र समेत लिएर आएका विद्यार्थीरुलाई फेब्रअरी २०२० देखि डिसेम्बर २०२२ सम्म जति समय अनलाइन कक्षा लिएको हो उक्त समयमा नेपालको स्विकृति प्राप्त १०० बेड वा सो भन्दा बढी बेड भएका अस्पतालमा अध्ययन वा तालीम गरेपछि लाइसेन्स दिईने निर्णय भएको छ । तर, वेसिक साइन्स कोर्षको हकमा अनलाइन गरे मात्र पुग्ने निर्णय गरिएको छ ।

‘यो निर्णयसंगै कोभिड कालमा विदेशी कलेजमा भर्ना भएका तर अनलाइन कक्षा लिएका थुप्रै नेपाली विद्यार्थीहरुलाई राहत पुगेको छ । अघिल्ला व्याच, २०२४, २०१५, २०१६ व्याचका विद्यार्थीहरुको हकमा पहिले नै निर्णय भएको हो । तर पछि भर्ना भएका विद्यार्थीहरुलाई पनि समस्या थियो । त्यस विषयमा पनि एउटा निस्कर्षमा पुगेको छ । यसले विद्यार्थीहरुलाई समेत राहत पुगेको छ,’ रजिष्ट्रार डा. देवले भने ।

नेपालमा कोभिडकालमा चीन, बंगलादेश, फिलिपिन्स लगायतका थुप्रै देशका मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि भर्ना भएका नेपाली विद्यार्थीहरुले अनलाइन कक्षामार्फत पढ्नु पर्ने बाध्यतामा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चिकित्सा शिक्षा : कोभिड समयको छ महिने अनलाइन कोर्षलाई मान्यता दिने काउन्सिलको निर्णय

Leave a Reply to Pradhuman Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *