सन्दीप लामिछानेको ‘लाइपोमा’को दोस्रो पटक शल्यक्रिया

काठमाडौँ, ९ फागुन । क्रिकेटर सन्दीप लामिछानेले दोस्रो पटक ‘लाइपोमा’ को शल्यक्रिया गराएका छन् । काठमाडौँको सिल्भरलाइन हस्पिटलमा  उनको शल्यक्रिया भएको हो ।

उनको सोमबार शल्यक्रिया गरी शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । गत बर्ष सन्दीपको पहिलो पटक कलंकीस्थित नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरी शरीरमा रहेको छ वटा लाइपोमा निकालिएको थियो।

लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो। जुन बोसोमा जम्मा भएर एक ठाउँ बसेको हुन्छ। यो शरीरका विभिन्न ठाउँमा हुनसक्छ।

विशेषगरी गर्धन, हात, जाँघ, छाति र काँधमा हुन्छ। लाइपोमा सामान्य स्वास्थ्य समस्या हो। यो समस्या प्रत्येक एक हजारमा एक जनालाई देखिने चिकित्सकहरु बताउँछन् ।

अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *