‘नइ भावि पुरस्कार’ स्त्री रोग विशेषज्ञ डा.सरस्वती पाध्येलाई

काठमाडौँ, ७ फागुन । ‘नइ भावि पुरस्कार’ स्त्री रोग विशेषज्ञ डा. सरस्वती पाध्येलाई दिईने भएको छ ।

६ दशकदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित स्त्री रोग विशेषज्ञ डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको हो ।

नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *