घुर्ने व्यक्तिको उपचारका लागि वीरले सञ्चालनमा ल्यायो ‘मल्टिडिसिप्लिनरी स्लिप क्लिनिक’

‘मल्टिडिसिप्लिनरी स्पिल क्लिनिक’मा आवद्ध विशेषज्ञ चिकित्सकको टीम

काठमाडौँ, १९ माघ । वीर अस्पतालले घुर्ने समस्या भएका व्यक्तिको उपचारका लागि ‘मल्टिडिसिप्लिनरी स्पिल क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।

नाक कान घाँटी (इएनटी), मुटुरोग, छातीरोग, ओरल एण्ड म्याग्जिलो फेसियल तथा एनेस्थेसियाका विशेषज्ञ चिकित्सकहरु आवद्ध भएको सो क्लिनिकमा उनीहरुले विभिन्न कोणबाट व्यक्तिको घुर्ने समस्याको अध्ययन् अनुसन्धान तथा पहिचान गरी उपचार गरिने बताइएको छ ।

इएनटीका विभागीय प्रमुख डा अनिता जिसी घुर्ने बिरामीका लागि विभिन्न एप्रोचबाट परीक्षण गर्ने र उपचार गर्नका लागि मल्टिडिसिप्लिनरी स्लिप क्लिनिक सञ्चालनमा ल्याएको बताउँछिन् ।

‘पहिले घुर्ने बिरामीको लागि पल्मोले उपचार गर्दथ्यो । त्यसमा सिप्याप तथा वाइप्याप मेसिनको बढी साहारा लिइन्थ्यो । स्पिल स्टडी गरिन्थ्यो । अब चाहि कहाँ निर समस्या भएको हो भनेर यससंग सम्वन्धित विभिन्न विषयका विशेषज्ञ डाक्टर एकै ठाउँमा रहेर परीक्षण गर्ने र रोग पत्ता लागेपछि सोही अनुसार उपचार गर्ने गरिन्छ,’ उनले भनिन् ।

इएनटीकै अर्का डाक्टर ऋषिकेश ठाकुरले यो नयाँ क्लिनिकले घुर्ने समस्या भएका व्यक्तिमा देखिएको समस्या समाधान गर्न हरेक दृष्टिकोणबाट अध्ययन् तथा अनुसन्धान हुने र कारण पत्ता लगाई उपचार गर्ने बताए । ‘घुर्ने समस्या भनेको एउटा लक्षण हो, यो के कारणले भएको छ ? कहाँ निर समस्या छ ? यो क्लिनिकमा हामी विभिन्न विधाका चिकित्सकहरुले विभिन्न कोणबाट अध्ययन गरी आवश्यक उपचार गरिन्छ,’ उनले भने । उनले सुरुवातमै घुर्ने समस्याको पहिचान र उपचार गर्न सकेमा त्यसले पछि हुनसक्ने हानीबाट समेत बचाउन सकिने बताए ।

‘अव्सटक्टिभ एप्निया सिन्ड्रोमको मुख्य लक्षण भनेको घुर्ने समस्या हो । यो मात्रै पनि होइन, दिनमा सुत्ने विहान उठेपछि फ्रेस नहुने, रातीमा अचानक सास अड्केको जस्तो हुने। त्यसले अक्सिजन अभावमा शरीरमा कार्डियो भास्कुलर देखि इन्डोक्राइनसम्मको समस्याहरु निम्त्याउछ । यसले सबैमा असर गर्दछ । यसको उपचारका लागि सबै विधाका चिकित्सकहरु जुटेका हौँ,’ डा. ठाकुरले भने ।

यस्तै क्लिनिकमा आवद्ध छाती रोग विशेषज्ञ डा. रितम्भरा ओली मल्टीडिसिप्लिनरी एप्रोचबाट काम गर्दा समस्या पहिचानमा सहज हुने बताउँछिन् । ‘अब्स्टक्टिभ स्लिप एप्निया सुरुवातमै पनि इएनटीलाई पठाउने गरेका छौँ । नेपालीहरुको शारीरिक बनावटा वा भनौँ जेनेटिकले पनि केही समस्या देखिन्छन् ,थेप्चो अनुहार, मोटो व्यक्तिहरुलाई यस्तो समस्या बढी हुनसक्छ । यसबाहेक अरु कारण पनि हुनसक्छन् । अब सबैपक्ष मिलेर यसको अनुसन्धान हुने भयो,’ उनले भनिन् ।

यता एनेस्थेसियाका डा विदुर बराल माथिल्लो भाग अर्थात अपर एयर वेर तथा तल्लो भागलोअर एयर कहाँ ब्लक भएको छ, हेर्नका लागि व्यक्तिलाई बेहोस गरेर जाँच गर्नु पर्ने भएकोले यो क्लिनिकमा आफूहरुको पनि महत्वपूर्ण भूमिका रहने बताउँछन् । उनले कतिपय केश शल्यक्रियाद्धारा पनि समाधान गर्नुपर्ने भन्दै त्यसमा पनि आफूहरुको आवद्धता महत्वपूर्ण हुने बताउँछन् ।

क्लिनिकमा ओरल एण्ड म्याक्जिलो फेसियल सर्जन पनि आवद्धता रहेको छ । वीरका ओरल एण्ड म्याक्जिलो फेसियल सर्जन डा किशोर भण्डारी भन्छन्, ‘अनुहारको हड्डीको संरचना विग्रेर पनि स्वासप्रस्वासमा अवरोध हुन्छ । त्यसलाई मिलाउने काम हामीले गर्दछौँ । अनुहारको तलमाथिको हड्डी तान्नु पायो भने पनि कतिपयको घुर्ने समस्यामा सुधार गर्न सकिन्छ,’ उनले भने ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *