कपन क्षेत्रको औषधि पसलमा नियन्त्रित लागू औषधको कारोवार, अनुगमन टोलीद्धारा सिलवन्दी

232
Shares

काठमाडौँ, १९ मंसिर । कपन क्षेत्रका औषधि पसलहरुबाट नियन्त्रित लागू औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी सहितको अनुगमन टोलीले त्यस क्षेत्रमा रहेको एउटा फार्मेसी सिलबन्दी गरिदिएको छ ।

प्रहरी प्रभाग कपनको समन्वयमा औषधि व्यवस्था विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको समेत सहभागितामा मंगलबार कपन क्षेत्रका चारवटा औषधि पसल अनुगमन गरिएको थियो ।

सो  क्रममा  बुढानिलकण्ठ १० आदर्श नगर चोक नजिक रहेको लाईफ केयर औषधिले अवैध रुपमा मनोद्धिपक औषधि बेचविखन गरेको फेला पारेपछि शिलवन्दी गरिएको हो । टोलीले उक्त औषधि पसललाई सिल गर्नु अघि एसके – यिमी – २०० को २३ ट्यावलेट सहित ३६ प्रकारका औषधिहरु बरामद गरेको छ ।

मंगलबार टोलीले त्यस क्षेत्रका ओखलढुंगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीको समेत अनुगमन गरेको थियो ।

ती फार्मेसीहरुलाई सचेत गराईएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *