न्याम्सको सिनेट सदस्यमा थप दुई जना मनोनित

228
Shares

काठमाडौँ, ३ कात्तिक । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट सदस्यमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई मनोनयन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठ र गिरीलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई प्रतिष्ठान ऐन २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम मनोनयन गरिएको भनिएको छ ।

उल्लेखित दफा (ध) मा ‘लब्ध प्रतिष्ठित विज्ञान तथा समाजसेवीहरु मध्येबाट महिला समेतको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनित गरेको दुई जना सदस्य रहने छन्,’ भनिएको छ ।

सोही अनुसार गिरी र श्रेष्ठको मनोनयन गरिएको हो ।

उनीहरुको पदावधि तीन वर्षको हुनेछ ।

न्याम्सको सर्बोच्च निकायको रुपमा मानिने सभा (सिनेट)को अध्यक्ष सहकुलपति अर्थात स्वास्थ्य मन्त्री रहने व्यवस्था छ । कुल २४ सदस्यीय सभामा सदस्य सचिवको भूमिका न्याम्सको रजिष्ट्रारले गर्नेछन् ।

पछिल्लो मनोनयनसंगै अब न्याम्सको सिनेट सदस्यमा देखिएका रिक्त पदहरु पूर्ण भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *