चीनमा रहेका उप प्रधानमन्त्री श्रेष्ठलाई हृदयघात

176
Shares

काठमाडौँ, २ कात्तिक ।  बीआरआई शिखर मञ्चमा भाग लिन चीनमा पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् । उनलाई हृदयघात भएको छ ।

अस्वस्थ भएपछि गयराती साढे १२ बजे उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा लगेर भर्ना गरिएको छ । चेकजाँचका क्रममा उनलाई ‘माइल्ड हर्टअट्याक’ भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको हो ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।

हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।

यता गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उपप्रधान एवं गृह मन्त्री श्रेष्ठ बिरामी भएको अनौपचारिक खवर प्राप्त भएको बताए ।

‘औपचारिक जानकारी छैन तर अनौपचारिक खबर सुनेका छौँ । छातीमा असहज भएपछि उहाँलाई राती साढे १२ बजे तिर अस्पताल लगिएको रहेछ । अरु थप उपचार के के भइरहेको छ भन्ने औपचारिक जानकारी आएको छैन, उनले भने ।

उपप्रधानमन्त्री मन्त्री श्रेष्ठको शुक्रबार स्वदेश फर्कने तालिका थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चीनमा रहेका उप प्रधानमन्त्री श्रेष्ठलाई हृदयघात

Leave a Reply

Your email address will not be published. Required fields are marked *