पोषणको कमीले कुकुर बिरालोमा मधुमेह, मिर्गौला, कलेजो रोगको समस्या
काठमाडौँ, १ कात्तिक । पोषणको कमीले कुकुर बिराला जस्ता घरपालुवा जनावरलाई मधुमेह, मिर्गाैला, कलेजोसहित अन्य ८ वटा रोगको जोखिम रहेको अध्ययनहरुले देखाएको छ ।
महानगर ईन्टरनेशनल (महानगर ग्रुप अफ कम्पनी)ले पशु चिकित्सकहरुका लागि पेट्स डाइटबारे विस्तृत जानकारी गराउने उद्धेश्यले यसै साता राजधानीमा गरेको कार्यक्रममा पशु चिकित्सा पोषण विशेषज्ञ डा.एलीना पगानीले कुकुर बिरालाको गुणस्तरीय जीवनका लागि पौष्टिक आहारको अति आवश्यक रहेको बताईन ।
डा.एलीना पगानी इटालीको मोन्ज एण्ड सिएसपिए कम्पनीमा कार्यरत रहेको र उनकै सिफारिस र निर्देशन अनुसार कम्पनीले फुड उत्पादन गरिरहेको छ । ल्याबले खान योग्य प्रमाणित गरेपछि उक्त कम्पनीले कुकुर र बिरालाका लागि खाना उत्पादन गर्ने गरेको छ ।
सो कम्पनी इटालीको एक प्रमुख पेट् पोषण सम्बन्धित कम्पनी हो, जसले कुकुर बिरालाहरूको पोषणयुक्त खानेकुरा उत्पादन गरी उनीहरूको स्वास्थ्य जीवन यापन गराउने काममा प्रतिवद्ध छ ।
कार्यक्रममा डा.पगानीले घरमा प्रयोग हुने खानेकुरालाई प्रोटिन,फाइबर, चिल्लो पदार्थ, कार्बाेहाइड्रेट, भिटामिन मिनरल्स लगायतका तत्व मिश्रण गरि पौष्टिक आहार बनाउन सकिने भएपनि कसरी बनाउने भन्नेबारे धेरै पेट्स धनीलाई ज्ञान नभएकाले घरपालुवा कुकुर बिरालाको स्वास्थ्य विभिन्न किसिमका समस्याहरु देखिने गरेको पाइएको बताईन् ।
उनले दैनिक पौष्टिक आहार घरमै तयार गर्न नसकिए बजारमा ल्याबबाट प्रमाणित फुड न्यूट्रेशन खुवाउन सकिने बताईन् ।
उनका अनुसार कुकर तथा बिरालोलाइ नियमित सन्तुलित र पौष्टिक आहार खुवाउन नसक्दा उनीहरुमा छाला, मधुमेह, मोटोपना, पेटको समस्या, मिर्गाैला, कलेजो एवं हड्डीको समस्या देखिन थाल्छ ।
पेट्सलाई बारम्बार तिर्खा लागिरहनु, वजन घट्नु, आँखा धमिलो देखिनु, पिसावमा संक्रमण देखिनु,खाना खान मन नलाग्नु जस्ता लक्षण मधुमेहमा देखिने डा.पगानीले जानकारी दिईन् ।
कुकुर बिरालाको उमेर, आकार, अवस्था र जीवनशैलीको आधारमा शारीरिक पोषण आवश्याकता पूर्ति हुने गरि मोन्जले उनीहरुले आहार तयार गरिएको जानकारी दिईन् ।
माछा तथा ताजा मासु, फलफुल, तरकारी, जडीबुटीसहितको इन्डिग्रिेएन्ट मिसाएर डग तथा क्याट फुड उत्पादन गरिएको उनले बताईन् ।
डा.पगानीका अनुसार भेट सोलुसलन अन्तर्गतका डग तथा क्याट फुड उत्पादन कपाल झरेको रोक्न तथा छालाको समस्या कम, पेटको समस्या,मिर्गाैला,मोटोपना,पिसाव संक्रमण, कलेजो, मधुमेहरोग नियन्त्रण हुने गरि पौष्टिक तत्व मिश्रित छ ।
कार्यक्रममा महानगर ग्रुपका अध्यक्ष शुरेस कार्कीले पेट्सको स्वास्थ्य र कल्याणको स्तरलाई माथि उठाउनु महानगर ग्रुपको प्रमुख उद्धेश्य रहेको बताए ।
उनले स्वास्थ्य गुणस्तरलाई प्राथमिकतामा राखेर आफूहरुले पेट्सलाई आवश्यक पर्ने सामग्री अन्तर्गत २ हजार भन्दा बढी प्रकारका (पेट फुड, एसिसरीज, मेडिसिन, सब्लिमेन्ट, कपडा) आयात गरिरहेको जानकारी दिए ।,
महानगर एनिमल रिसर्च सेन्टर सन् २००० सालमा स्थापना भएको हो । सन् २०१५ सालदेखि यूरोपबाट महानगरले पेट फुड आयात गरी नेपालका बजारमा यूरोपियन स्टाण्डर्डको प्रिमियम क्वालिटीको कुकुर बिरालोको आहार भित्र्याइ बिक्रि वितरण गरिरहेको पनि उनले बताए ।
युरोपियन युनियन अन्तर्गत इटालीको ६० वर्ष पुरानो कम्पनी, इटालीको सबैभन्दा प्रचलित कम्पनी मोन्जका विभिन्न रेन्जका इकोनोमी, प्रिमियम, सुपर प्रिमियम पेट फुड आयात गरी महानगरले नेपालभर वितरण गर्न पाउँदा खुशी लागेको छ, कार्कीले भने ।
यस्तै कार्यक्रममा महानगर ग्रुपका कार्यकारी निर्देशक जगन्नाथ ढकालले महानगर कुकुर बिरालो) लाई आफ्नो परिवारसरह हेरचाह गर्दै, पोषणयुक्त गुणस्तरीय खाना र स्वस्थ जीवन जीउन पाउने पेट्सको अधिकारलाई सुनिश्चित गर्न तत्पर रहँदै आएको बताए ।
कार्यक्रममा कुकुर र बिरालोको उपचार र पोषणमा प्रमुख व्यक्तित्वको रूपमा सेवा गर्ने नेपालका करिब ५० जना प्रतिष्ठित पशुचिकित्सकहरूको सहभागिता रहेको थियो ।
महानगर गु्रपले देशभर मोन्जको उत्पादन जिमोन, सिम्बा, लिच्याट नेपालमा बिक्रि गरिरहेको छ । यी उत्पादन नेपालमा कुकुर तथा विरालाले अत्याधिक रुचाएको छ ।
नेपालमा करिब १० लाख कुकुर बिरालो रहेको अनुमान गरिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



