प्रधानमन्त्री प्रचण्ड अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना
कोरोनरी एन्जियोग्राम गर्ने तयारी
काठमाडौँ, ३० असोज । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । आज दिउसो देखि छातीमा असहज महसुस भएपछि उनलाई साँझ अस्पताल लगेर भर्ना गरिएको हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा युवराज शर्माले दिउसो छाती र पेटबीचमा डिसकम्फर्ट भएपछि साँझ अस्पताल लगिएको बताए , उनले आज अस्पतालमै राखेर आवश्यक परीक्षणहरु गर्ने तयारी भएको समेत बताए ।
‘अहिले त उहाँलाई खास समस्या देखिएको छैन तर दिउसो छाती र पेटबीचको भागमा डिसकम्फर्ट महसुस भयो । त्यसैले एकपटक राम्ररी जाँच गरौँ भन्ने भयो । अहिले जाँच प्रक्रिया अघि बढाईदै छ । आज अस्पतालमै भर्ना गरेर राखिएको छ,’ प्राडा शर्माले भने ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको ‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।
‘कोरोनरी एन्जिओग्राम’ले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

