दशैँमा घर जाने यात्रुलाई लक्षित गरी गोँगबु नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना

192
Shares

काठमाडौँ, ३० असोज । दशैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो। महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताए ।

हेल्थ डेक्समा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ। उनले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए। यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको बताए। उनले आगामी एक–दुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत उल्लेख गरे ।

अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *