मणिपाल शिक्षण अस्पतालमा चिकित्सक माथि आक्रमण गर्ने दुई जना जेल चलान

464
Shares

पोखरा, २७ असोज । बिरामीको मृत्युपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने दुई जना जेल चलान भएका छन् ।

कास्की जिल्ला अदालतले गत ८ असोजका दिन अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा विभिन्र मितिमा पक्राउ परेका नौँ जनामध्ये दुई जनालाई जेल चलान गरेको हो । बाँकी सात जना भने धरौटीमा रिहा भएका छन् ।

शुक्रबार न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनास गुरूङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप गुरुङलाई जनही १ लाख धरौटीमा रिहा गरिएको छ।

उनीहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ को कसूर र स्वस्थ्यकर्मी सर स्वास्थ संस्थाको सुरक्षा सम्बन्धी कसुर अन्तरगर्त मुद्धा चलाईएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *