स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला निलम्बित

704
Shares

काठमाडौँ, २६ असोज । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्बनमा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कार्यकारी निर्देशक डा. बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै ३ महिनाका लागि पदबाट निलम्बन गरेका हुन्।

उनलाई आज निलम्बनको पत्र दिइएको छ । पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।

यसअघि मन्त्री बस्नेतले डा. बसौलालाई पदपुक्त गर्ने योजनाका साथ ११ बुँदे स्पष्टिकरण सोधेका थिए । जुन कदम ऐन विपरित देखिएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *