काठमाडौँ महानगरले करिब ६ हजार कुकुरको बन्ध्याकरण गर्ने, १६ हजारलाई रेविजविरुद्धको खोप दिने

108
Shares

काठमाडौँ, २३ असोज । काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोलाई बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने भएको छ ।

काठमाडौँको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेको भन्दै महानगर प्रमुख बालेन्द्र शाहले आगामी ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविजविरुद्धको खोप दिने बताएका छन् ।

प्रमुख शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पशु कल्याण र पशु अधिकारका लागि आफूहरू सचेत रहेको भन्दै सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने बताएका छन् ।

मंगलबारबाट महानगरपालिकाका ९ वटा वडा ९४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२० बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ । ९ वडा हुँदै हामी ३२ वडा पुग्नेछौँ उनले फेसबुकमा लेखेका छन् ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर/विरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाउने उनले लेखेका छन् ।

यस्तो छ बालेनले फेबबुकबाट सार्वजनि गरेको जानकारी

चुनाव बेला घरदैलो गर्दा होस वा कल सेन्टरमा गुनासो काठमाडौँ को मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ ।पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।

मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिनेछौँ । ९ वडा हुदै हामी ३२ वडा पुग्नेछौ ।

वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् । वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् ।

कार्यक्रम सञ्चालन विधि

तोकिएका सङ्घसंस्था तोकिएका वडामा जानेछन् । जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिराला समाउनेछन् । यसरी समातिएका कुकुर बिरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् ।

बन्ध्याकरण र खोपका क्रममा यसका प्रक्रिया र अवस्थासँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरू बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिनेछ । फारामहरूमा वडाबाट सिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका संलग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरूको कानमा सङ्केत (एअर नोच) चिन्ह हुनेछ ।

यसरी काम गर्नेहरूले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरणको काम सकेको वडाबाट सिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिइनेछ ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइनेछ ।

कार्यविधिमा बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन विधि र प्रक्रिया, यस कार्य सहकार्य गर्ने सङ्घ संस्थाको छनोट प्रक्रिया, निगरानी, अभिलेखन, अनुगमन, मूल्याङ्कन र गुनासो सम्बोधन, भुक्तानी, घरपालुवा कुकुर बिरालोको व्यवस्थापनलगायत विषय समावेश छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *