थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ २५ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ८०६ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर १४ जना सक्रिय संक्रमति रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *