२२ हप्तामा जन्मिएका जुम्ल्याहा दिदी भाई एक वर्ष पुगे, गिनिजमा नाम लेखाए

एजेन्सी । ‘जब शकिना राजेन्द्रमले २१ हप्ता ५ दिन अर्थात गर्भावस्थाको चौथो महिना सुरुवाती समयमै सुत्केरी हुन अस्पताल पुगिन् अस्पतालले भन्यो, ‘तपाईँको गर्भ खेर जानेछ, जुम्ल्याहा शिशुलाई बचाउँन सकिने भएन । नवजात शिशुहरु काम लाग्दा छैनन्, बाँच्ने सम्भावना त सून्य प्रतिशत ।’

तर ठिक एक वर्ष पछि अर्थात ४ मार्च २०२३ का दिन  पहिलो जन्मदिन मनाईरहँदा  ओन्टारियो क्यानडाका अडियाह लेलिन र एड्रियल लुका नादराजहले एक अर्कालाई खुट्टाले हानेर खेलेका छन् ।

२२ हप्तामै जन्मिएका क्यानाडाली जुम्ल्याहा  यी  दिदी भाइलाई गिनिज वर्ल्ड रेकर्डले ‘समय भन्दा अगावै जन्मिएर विश्व रेकर्ड राख्ने जुम्ल्याहा’को उपमा दिएको छ ।

चिकित्सकहरुका अनुसार अदिह र अड्रिल नादराजहको जन्म १२६ दिनमा भएको थियो ।  गिनिज भन्छ, ‘यो यस मानेमा पनि महत्वपूर्ण थियो कि यदि शिशु २२ हप्ता भन्दा एक घण्टा अघि मात्रै जन्मेका थिए भने अस्पतालले बचाउने प्रयास गर्ने थिएन ।’

सामान्य त गर्भावस्थाको पूर्ण अवधि ४० हप्तालाई मानिन्छ । तर यी जुम्ल्याहा जन्मनुपर्ने खास समय भन्दा १८ हप्ता अघि नै जन्मिए ।

‘त्यसबेला गर्भ रहेको २१ हप्ता ५ दिन पुगेको थियो । सुत्केरी व्यथा लाग्न थाल्यो । डाक्टरहरुले व्यथा सुरु हुनु अघि नै जन्मने शिशुहरु पूर्ण विकसित नभएको र बाँच्ने समभावना सून्य प्रतिशत रहेको बताएका थिए,’ आमा शकिना राजन्द्रमले  एक वर्ष अघि सुत्केरी हुने बेलाको अवस्था सम्झिईन् ।

बुबा केभिन नादाराजाहले भने,  ‘त्यसबेला हामीलाई अस्पतालले भनेको थियो कि, तिमीहरुलाई मद्धत गर्न हामी असमर्थ हुन्छौँ । किनभने यो गर्भावस्ता समय भन्दा निकै नै छिटो भयो ।  अस्पतालको यो कुराले  मैले रातभर सुत्न सकिन र रातभर प्राथर्ना गर्न थालेँ ।’

धेरै जसो अस्पतालहरुले २४ देखि २६ हप्ता अघि जन्मेका बालबालिकाहरुलाई बचाउँने प्रयास गर्दैनन् । तर सौभाग्यवस यसपटक उनीहरु टोरन्टोस्थित माउन्ट सिनाई अस्पतालमा जान सफल भए । जहाँ विशेषज्ञ सहितको नवजात शिशु सघन उपचार कक्ष थियो ।

व्यथा लागेको दोस्रो दिन राजेन्द्रमको गर्भावस्था २१ हप्ता ६ दिन पुगेको थियो । अस्पतालले सोही दिन उनलाई भनेको थियो, ‘२२ हप्ता भन्दा केही मिनेट अघि जन्मिए पनि उनीहरुलाई मर्न बचाउने कोशिश गरिदैन् ।’

राजेन्द्रम भन्छिन्, ‘अत्यधिक रक्तश्रावको बावजुत केही घण्टा शिशुहरुलाई रोक्ने कोशिश गरेँ । अन्तत: मध्यरातको १५ मिनेटपछि पानी फोकुन्डो फुट्यो ।’

२२ हप्ताको गर्भमा प्रवेश गरेको दुईघण्टा नवित्दै उनले सन्तान जन्माइन् । छोरा भन्दा २३ मिनेट पहिले जन्मेकी छोरीको तौल ३३० ग्राम थियो । अनि छोराको तौल ४२० ग्राम । दुबैको गरेर ७५० ग्राम मात्रै ।

सुरु सुरुमा गम्भीर चिकित्सा समस्या झेलेका अदिया र एड्रियल अब भने एक वर्ष पुगेका छन् ।

श्रीमती राजेन्द्रम भन्छिन्, ‘हामीले धेरै पटक हाम्रा अघि यी बच्चाहरु मरेको देख्यौँ । तर डाक्टरहरुले उनीहरुलाई नजिकबाट निगरानी गरिरहेका छन् । उनीहरुले हाम्रा लागि महान काम गरिरहेका छन् ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *