गर्भवती हुँदा कति खाने ?

के गर्भवती हुँदा दुई जनाको लागि खानु पर्छ ?

त्यसो गर्नु पर्दैन । गर्भवती हुँदा पनि तपाईँको शरीरलाई अति धेरै क्यालोरी चाहिदैन । रोयल कलेज अफ अब्स्ट्रेट्रिसिएन्स एण्ड गाइनेकोलोजिस्टस डा एलिसन राइट भन्छिन्, ‘हामी गर्भवती महिलालाई दुई जनाको लागि चाहिन्छ भनेर धेरै नखान सल्लाह दिन्छौँ । गर्भवती महिलालाई प्रतिदिन थप २०० क्यालोरी जति मात्र आवश्यक हुन्छ । त्यो भनेको अरु केहीसिहत दुई टुक्रा टोष्ट खाए जति हो ।’

उनले गभवर्त महिलाले सन्तुलित र स्वस्थ खाना खानु पर्ने सल्लाह दिन्छिन् । ‘गर्भवती हुँदा धेरै तौल नबढोस भनेर उनीहरु सतर्क रहनुपर्छ । किनभने बढी तौलले गर्भवती भएको बेला र पछि बच्चा जन्माउँदा पनि समस्या हुनसक्छ ।’

के स्वस्थ खना खाने गर्भवती महिलाले अतिरिक्त भिटामिन सेवन गर्नु पर्दैन ?

डा राइट भन्छिन्, ‘गर्भवती हुँदा आवश्यक पर्ने तर स्वस्थ खानामा पनि पाउन गाह्रो हुने मुख्य भिटामिन फोलिक एसिड हो । त्यसैले हामी महिलाहरुलाई गर्भधारण गर्नु भन्दा पहिला र गर्भवती भएको १३ सातासम्म फोलिक एसिड सेवन गर्न सल्लाह दिन्छौँ । किनभने त्यो गर्भवती भएको बेलामा अति महत्वपूर्ण अवस्था हो ।’

फोलिक एसिडको रासायनिक संरचना के हो ?

डा राइट भन्छिन् फोलिक एसिडले स्नायुप्रणालीको विकासमा सहयोग गर्छ । यसले बच्चाको मस्तिष्क विकासमा सघाउँछ ।

आमाले फोलिक एसिड नभएको खाद्य पदार्थ सेवन गरे बच्चाहरु हाइड्रोसेफालस र स्पिना बाइफिडा जस्ता रोगको उच्च जोखिममा रहने आधार देखिएको छ । त्यसैले गर्भधारणा गर्नु अघि नै फोलिक एसिड सेवन गर्नु महत्वपूर्ण हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *