आजपनि भेटिएनन् कोरोना संक्रमित

काठमाडौँ, २३ माघ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । गएको तीन दिन यता नेपालमा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । शनिबार, आइतबार र आज सोमबार गरी तीन दिन सम्म्म कुनै पनि संक्रमित भटिएका छैनन् ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा भने थप २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार २११ जनाको नमुना परीक्षण गर्दा कुनै पनि संक्रमित फेला परेनन् । देशभर सक्रिय संक्रमितको संख्या ६ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



