आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा जलेर गम्भीर घाइते भएकी सापकोटाको उपचारका क्रममा मृत्यु

1.7k
Shares

काठमाडौं, १६ माघ । पोखरामहानगरको काहुँखोलामा आगोले जलेर घाइते भएकी संगीता सापकोटाको निधन भएको छ ।

आइतबार उनको घरमा व्यवसाय गरी बस्ने कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउन खोन्दा सापकोटा जलेर गम्भीर घाइते भएकी थिइन् ।

क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । उनीहरुलाई उपचारको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको थियो ।

आगोले जलेर गम्भीर घाइते भएकी सापकोटाको आइतबार राति निधन भएको हो । आगलागीमा परी सापकोटाको ७० प्रतिशत शरीरको भाग जलेको थियो । आत्मदाहको प्रयास गर्ने क्षेत्रीको भने उपचार भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *