प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिशाका स्वास्थ्य मन्त्री दासको निधन

208
Shares

नयाँ दिल्ली, भारत । प्रहरीले हानेको गोली लागि गम्भीर घाइते भएका ओडिशाका स्वास्थ्य मन्त्री नवकिशोर दासको निधन भएको छ । आइतबार सार्वजनिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला उनलाई सुरक्षामा खटिएका असई गोपाल दासले गोली प्रहार गरेका थिए ।

प्रहरीे हानेको गोली मन्त्री दासको छातीमा लागेको थियो ।

घटना मध्यान्न सबा १२ बजे तिर झारसुगुडा जिल्लास्थित ब्रजनराजनगरको नजिकै रहेको गान्धी चोकमा भएको थियो ।

गोली लागि गम्भीर घाइते भएका मन्त्रीलाई तत्काल एयरलिफ्ट गरी भुवनेश्वर पुरयाइएको थियो । त्यहाँ उनको एक निजी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री पटनायकले दुख व्यक्त गर्दै छानवीनका लागि निर्देशन दिएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *