नेपाल प्रहरी श्रीमती संघ संगको सहकार्यमा स्टारको निशुल्क स्वास्थ्य शिविर

ललितपुर, १३ माघ । सानेपास्थित स्टार अस्पतालले नुवाकोटको ककनी गाउँपालिका -४, रानीपौवामा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघ संगको सहकार्यमा बुधबार आयोजित शिविरमा २०० बढीले स्वास्थ्य सेवा लिएका थिए ।
शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग लगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य जाँच गरिएको थियो ।
स्टार हस्पिटलका सीओओ डा सन्देश जिसीले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ संस्था संगको सहकार्यमा यस किसिमका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै आइरहेको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



