सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालन

नेपालगञ्ज ८ माघ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालमा रहेको ६ शय्या क्षमताको आसियू आइतबारबाट सञ्चालनमा आएको हो ।
दादुरा प्रकोपग्रस्त क्षेत्रको अनुगमनमा आएका स्वास्थ्य मन्त्री पदम गिरीले आइतबार अस्पतालको निरीक्षणमा पुगेका थिए । सोही क्रममा गरिएको सम्छिप्त कार्यक्रमका बीच उनले आइसीयूको कक्षको उदघाटन गरेका हुन्।
सो क्रममा उनले क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता गरेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



