स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की

640
Shares

काठमाडौँ, ३ माघ । स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की हुने भएकी छन् ।

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछाने नयाँ मन्त्रीहरुको नाम टुंग्याउने क्रममा डा कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको रुपमा पठाउने निर्णय गरेका हुन् ।

पार्टीले पाएको स्वास्थ्य राज्यमन्त्री पदमा डा तोसिमा कार्कीलाई पठाउने कुरा भएको छ । स्वतन्त्रकी सांसद निशा डाँगीले नेपाली हेल्थलाई बताईन् ।

स्वास्थ्य मन्त्रालय यसपटक नेकपा एमाले र राष्टिय स्वतन्त्र पाटीले बाड्ने निर्णय भएको थियो । स्वास्थ्य मन्त्री भने एमालेका पदम गिरी हुने भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *