विश्वप्रसिद्ध फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था जटिल

156
Shares

काठमाडौँ, १८ मंसिर । विश्वप्रसिद्ध फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले साओ पाओलोस्थित अस्पतालमा मंगलबार भर्ना भएका थिए ।

पेटको क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल लिजेन्ड पेलेको उपचारमा केमोथेरापीले अपेक्षित नतिजा आउन छाडेपछि ‘प्यालिएटिभ केयर’मा राखिएको छ ।

उनकी छोरी केली नासिमेन्टोले पेलेलाई नियमित परीक्षणका लागि अस्पतालमा राखिएको र उनको अवस्था सामान्य रहेको बताइएकी थिइन् । तर, शनिबार उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

उनलाई केमोथेरापी दिन बन्द गरिएको छ । प्यालिएटिभ केयरमा राखिएको जनाइएको छ ।

इतिहासकै उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *