प्रतिनिधिसभा निर्वाचन :

मोरङ-३ बाट पूर्व स्वास्थ्य मन्त्री ढकाल फराकिलो मतान्तरले पराजित, कांग्रेसका सुनील शर्मा बिजयी

काठमाडौँ, १० मंसिर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पनि पराजय बेहोरेका छन् । नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं ३ मा उम्मेद्धार बनेका ढकाललाई सोही क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेपाली कांंग्रेसका नेता एवं मेडिकल व्यवसायी सुनिल शर्माले फराकिलो मतान्तरबाट पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा कांग्रेस उम्मेद्धार शर्माले ४८ हजार ६३१ मत पाई बिजयी हुँदा एमालेबाट उम्मेद्धार बनेका ढकाल २५ हजार ८९५ मत मै रोकिए । सो क्षेत्रमा अभिनेत्री समेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्धार बनेकी रेखा थापा १० हजार ९९८ मत पाएर तेस्रो बनिन् ।

२०७४ सालको निर्वाचनमा ढकालले नै डाक्टर शर्मालाई पराजित गरेका थिए । त्यसबेला ढकालले ४२ हजार ४१३ मत पाएर बिजयी हुँदा कांग्रेसबाट उठेका शर्माले ४० हजार ५०६ मतमै रोकिई उप विजेता बनेका थिए । यसपटक भने शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर पाँच वर्ष अघिको बदला लिए । शर्मा नोबेल मेडिकल कलेज विराटनगरको सञ्चालक हुन् ।

२०७४ सालको निर्वाचनमा विजयी भएपछि ढकालले कानून, स्वास्थ्य र पर्यटन मन्त्रालयले सम्हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *