पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी पराजित, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ निर्वाचित
काठमाडौँ, ८ मंसिर । प्रतिनिधि सभा सदस्य पदका लागि कैलाली क्षेत्र न १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी पराजित भएका छन् । उनलाई नागरिक उन्मक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले १२ हजार बढी मतान्तरले पराजित गरेकी हुन् ।
अन्तिम मत परिणाम आउँदा रञ्जिताले ३० हजार ४ सय ४ मत प्राप्त गरेकी थिईन् । कांग्रेसबाट उम्मेद्धार बनेका चौधरी भने १८ हजार ८१ मत मै खुम्चिए ।
उनलाई पराजित गर्ने रञ्जिता यसअघि जेलबाटै निर्वाचन जितेका सांसद रेशम चौधरीकी श्रीमती हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



