एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
केही वेर अघि सकिएको मतगणनामा भट्टराईले सत्ता गठबन्धनबाट उम्मेद्धार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
एमाले सचिव समेत रहेका भट्टराई ताप्लेजुङबाट लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




