चीनमा क्यान्सरबिरुद्धको औषधिमा लाग्दै आएको करमा कटौती

68
Shares

बेइजिङ, ७ मंसिर । चीन सरकारले क्यान्सर रोगबिरुद्धको औषधिमा लाग्दै आएको करमा तीन प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ । सरकारले आगमी १ डिसेम्बरबाट लागू हुने गरी एन्टी क्यान्सर ड्रगमा लाग्दै आएको मूल्य अभिबृद्धि कर (भ्याट)मा तीन प्रतिशत कटौती गर्ने जनाएको छ ।

चिनियाँ अधिकारीहरुले यो सुविधा आयात गरिएका तथा स्वदेशमै उत्पादन गरिएका औषधिहरुमा लागू हुने बताएका छन् । उनीहरुले क्यान्सर रोग विरुद्ध प्रयोग हुने ७१ थरी औषधिको सूची सार्वजनिक गर्दै कर कटौतीको सुविधा उल्लेखित औषधिमा मात्रै लागू हुने समेत स्पष्ट पारेका छन् ।

सरकारी अधिकारीहरुले यो सुविधाले क्यान्सरबाट ग्रसित चिनियाँ बिरामीहरुलाई राहत पुग्ने बताएका छन् । यस्तै उनीहरुले क्यान्सर बिरुद्धका औषधि उत्पादन गर्ने औषधि उद्योगलाई समेत टेवा पुग्ने दावी गरेका छन् ।

चीनले क्यान्सर रोग विरुद्धको औषधिमा सन् २०१८ देखि कर कटौती गर्न थालेको हो । त्यसयता यस्ता औषधिमा तेस्रो पटक कर कटौती गरिएको हो ।

पछिल्लो समय चीनमा क्यान्सरका बिरामीहरु बढ्दै गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *