पोलियोविरुद्धको खोप ‘एफआईपीभी’ लगाउने तालिका परिवर्तन

काठमाडौँ, २५ कात्तिक । सरकारले पोलियो बिरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले निर्णय गर्नु अघि विश्व स्वास्थ्य संगठनले नयाँ सुझाव र गत ३० भदौमा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसलाई आधार मानेको छ ।

नयाँ तालिका अनुसार अब एक वर्ष भित्रका बालबालिकाहरुलाई १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा खोप दिईनेछ । यस्तै छुट भएमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुलाई ४ महिना (१६ हप्ताको फरकमा) दुई मात्रा दिईनेछ ।

यसअघि एक वर्ष भित्रका बालबालिकाहरुलाई दिईने एचआईपीभी खोप एक वर्ष भित्रका बालबालिकाहरुका लागि ६ हप्ता र १४ हप्ता गरी दुई पटक दिईने गरिन्थ्यो । छुटेका बालबालिकाहरुलाई पाँच वर्ष भित्र ८ हप्ताको फरकमा दुई पटक दिईन्थ्यो ।

सरकारले २०७५ साल साउन देखि बालबालिकाहरुलाई एचआइपीभी खोप दिन थालेको हो । ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को सत प्रतिशत सहयोगमा यो खोप लगाउन थालिएको हो ।

त्यसअघि सरकारले करीव तीन वर्ष अघि मात्रै पोलियोविरुद्धको नयाँ भनिएको खोप इन एक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) सुरु गरेको थियो ।

सो खोप सुरु गरेको एक वर्ष नपुग्दै विश्वव्यापी रुपमा अभाव (ग्लोबल सर्टेज) भएको भन्दै विकल्पको रुपमा नयाँ खोप एफआईपीभी दिन थालिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *